काठमाडौं, माघ ६ : मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले शनिबार बेलुकासम्म कुनै जवाफ आयोजनालाई पठाएको छैन । आयोजनाले शुक्रबारसम्म कम्पनीका प्रतिनिधि र कामदार नेपाल नफर्के ठेक्का रद्द गर्न आवश्यक प्रक्रिया सुरु गर्ने चेतावनीसहितको इमेल ठेकेदार कम्पनीलाई पठाएको थियो । ‘ठेकेदार कम्पनीले हामीलाई आजसम्म कुनै रेस्पोन्स नै गरेन,’ आयोजनाका…