काठमाडौं, माघ ११ : नेपालमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को पारदर्शिताबारे बारम्बार प्रश्न उठिरहन्छ। तिनले परियोजना र खर्चको सबै विवरण सरकारलाई बुझाउनुपर्छ। तर, अधिकांशले सरकारलाई विवरण नै दिँदैनन्। थुप्रैले अपारदर्शी तरिकाबाट परियोजना परिमार्जन गराएर खर्चको विवरण लुकाउँछन्। समाजकल्याण परिषद्का अनुसार नेपालमा २ सय ४७ आईएनजीओले काम गर्न स्वीकृति लिएका छन्। तर ६२ वटाले…