डोल्पा, ११ माघ : हिमपातका कारण अवरुद्ध डोल्पाको जुफाल विमानस्थल तीन दिनपछि खुलेको छ । लगातारको हिमपात र वर्षात्का कारण अवरुद्ध जुफाल विमानस्थल घाम लागेर हिउँ पग्लेसँगै तीन दिनपछि आज खुलेको हो । विमानस्थल खुलेसँगै नेपालगञ्ज विमानस्थलदेखि तारा र समिट एयरलाइन्सले तीन वटा उडान गरेको छ । हिमपातले अवरुद्ध भएको विमानस्थल नखुलेका कारण नेपालगञ्ज र…