काठमाडौँ, २२ फागुन : छोराका लागि नेपाली माध्यममा पढाइ हुने विद्यालय खोज्दै पुल्चोकका लक्ष्मण बोहरा एक साता भौँतारिनुभयो । आफू बसेको क्षेत्र वरपर कुनैपनि विद्यालयले माथिल्ला कक्षामा नेपाली माध्यममा नपढाएपछि गत साता उहाँ महानगरपालिकामा आउनुभएको थियो । कक्षा ८ मा अध्ययनरत छोरालाई आगामी शैक्षिक सत्रदेखि नेपाली माध्यममा पढाउने योजना भएको उहाँले बताउनुभयो । महानगरपालिकाले उहाँलाई…