काठमाडौं ,भदौ १३ : कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरीको लोहारपट्टि नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । बुबाआमालाई आफ्ना सर्वस्व मान्ने र बुबाआमाकै सेवालाई महान धर्म मान्नेको आस्थाको केन्द्र मानिएको सो स्थानमा आज बुबाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीय बताउँछन् । जिल्लाको उत्तरपूर्व…