काठमाडौं, भदौ २३ : पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकी छन्। पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घटनामा परेर घाइते भएको यमीका पति तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए। उनले भने ‘पार्टी कामको सिलसिलामा निवासबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु…