काठमाडौं, असोज १२ : दसैंको मुखमा चामल, हरियो तरकारी, खाने तेल, मासु लत्ताकपडा र जुत्ताको मूल्य बढेको छ । ३ हजार ३०० पर्ने ३० किलोको जिरा मसिनो बोरामा सय रुपैयाँ बढेको छ । एक हजार ५७५ देखि एक हजार ६०० मा बिक्री हुने २५ किलोको अर्को थरीको जिरा मसिनोको प्रतिबोरा ५० देखि १०० रुपैयाँसम्म बढेको…