काठमाडौं । साउदी अरबका लागि नेपाली राजदूतमा प्रस्तावित गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अस्वीकृत गरेको छ। उनको नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि प्रश्न उठेपछि समितिले नियुक्तिका लागि अनुमोदन नगर्ने निर्णय गरेको हो। जर्मनीबाट निष्कासन गरिएको विषयसँगै मानव तस्करी, नक्कली कागजात र जर्मनी भ्रमणका क्रममा उत्पन्न विवादबारे समितिमा उजुरी परेका थिए। ती विषयमा…