२०८३, २६ आश्विन मंगलबार

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले मंगलबार बिहान सिंहदरबारमा बैठक बोलाएर प्रस्तावित राजदूतहरूको सुनुवाइ अघि बढाएको हो। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः३० बजेदेखि सुरु भएको समितिको १९औँ बैठकमा प्रस्तावित राजदूतहरूलाई आमन्त्रण गरी सुनुवाइ भइरहेको छ।…