काठमाण्डौ । विद्युतीय चुरोट (भेप) मा लुकाएर गरेको सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ । आज बुधवार काठमाण्डौ जिल्ला अदालतमा महरासहित चार जनाविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले महरासहित, लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई अहिले काठमाण्डौ बस्ने दावा…