२०८३, २६ आश्विन मंगलबार

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट, कर्मचारीले नकिनेको सेयर सर्वधारणलाई

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट, कर्मचारीले नकिनेको सेयर सर्वधारणलाई


काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बुधबार आज आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले १४ देखि १८ असोजसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो । तर, कर्मचारीलाई छुट्याएको सेयरमध्ये ५ लाख ८८ हजार ७८४ कित्ता सेयर खरिद नभएपछि उक्त सेयर समेत थप गरी कम्पनीले एक करोड ३ लाख २१ हजार ३२८ कित्ता सेयर बाँडफाँट गरेको हो ।

उक्त आईपीओमा कुल ११ लाख ४६ हजार ६६१ लगानीकर्ताले एक करोड ५१ लाख ५९ हजार ९२० कित्ता सेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १० लाख ४० हजार ७७० आवेदन स्वीकृत भएको बिक्री प्रबनधक एनआईएमबि एस क्यापिटलले जनाएको छ। उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मार्फत कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

जसअनुसार १० लाख ३२ हजार १३२ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। त्यसरी बाँडफाँट गर्दा बाँकी रहेको ८ कित्ता सेयर पनि सोही लगानीकर्ताहरुमा नै थप १ कित्ताको दरले ८ जनालाई बाँडफाँट भएको छ । कम्पनीको आईपीओमा आवेदन दिएर सेयर पाएका १० लाख ३२ हजार १३२ आवेदकमध्ये ८ जनाले कम्पनीको थप एक कित्ता सेयर प्राप्त गरेका छन्। बाँकी आवेदकले भने सेयर प्राप्त गरेनन् ।

प्रकाशित मिति : २०८०, २४ आश्विन बुधबार  ११ : ३९ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल