गलेश्वर, ६ पुस : म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो। बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा…