काठमाडौं, १५ असोज हरेक वर्ष दसैँको अवसर पारेर नयाँ चलचित्र प्रदर्शन गर्न निर्माताहरूबीच हानथाप हुन्थ्यो । दसैँमा हुने लामो सार्वजनिक बिदाका कारण चलचित्रको व्यापारमा फाइदा हुने भएकाले छायांकनमा जानुपूर्व नै चाडपर्वको छेको पारेर प्रदर्शन मिति तोकिन्थ्यो । गत वर्षको माघ(फागुनमै कलाकार तथा निर्माता दीपकराज गिरीको ‘छक्का पन्जा ४’, झरना थापाको ‘ए मेरो हजुर ४’, नारायण…