२०८३, ३० असार बुधबार

बडादशैंमा पुजिने उपत्यकाका शक्तिपीठहरु हेर्नुहोस तस्वीरहरु

बडादशैंमा पुजिने उपत्यकाका शक्तिपीठहरु हेर्नुहोस तस्वीरहरु


काठमाडौँ, ३० असोज : आश्विन शुक्ल प्रतिपदाका दिन शनिवारबाट घरघरमा घटस्थापना गरेर बडादशैँ मनाइँदैछ । चैत, माघ, आषाढ र आश्विन शुक्लमा पर्ने चार नवरात्रमध्ये यो शरद्कालीन नवरात्रमा गरिएको देवी पूजा सबै नवरात्रभन्दा राम्रो मानिन्छ ।
घटस्थापनादेखि नौ दिनसम्म नौ देवीको आराधना गर्दा आफूमा शक्ति प्राप्त हुन्छ । भगवान् रामचन्द्र र पाण्डव लगायतले पनि आफ्नो विजयका लागि देवीको आराधना गरेको प्रसङ्ग यो पर्वसँग जोडिएको छ ।

डा.माधव भट्टराई भन्नुहुन्छ– घटस्थापना गर्दा कलशमा कुण्ड तीर्थका जललाई कलशमा राखेर देवी आह्वान गर्दा स्थान सफा चोखो हुनुपर्छ, जमरा राख्दा जौकै राख्नुपर्छ भन्ने शास्त्रमा छ । नौ दिनसम्म देवीको उपाशना गरेर देवी स्तोत्र सप्तसती चण्डी पारायण गर्दा शक्ति प्राप्त हुन्छ । यो शक्तिको उपाशना गर्ने पर्व हो । नवरात्रमा पूजा अर्चना र दर्शन गरिने काठमाडौं उपत्यका र आसपासका प्रमुख शक्तिपीठका बारेमा यहाँ चर्चा गरिएको छ ।

नरदेवी
प्रमुख शक्ति पीठमा काठमाडौँको नरदेवीलाई लिइन्छ । महालक्ष्मीबाट सपना भए अनुसार कलिगत संवत् ३८२५ मा यो पीठ राजा गुणकामदेवले स्थापना गरेका हुन् । उहिल्यै नरबलि पनि दिइने पीठका रूपमा नरदेवीलाई बुझिए पनि यसको लिखित प्रमाण कतै पाइएको छैन । राजा अमर मल्लले प्रत्येक बाह्रवर्षमा पिशाच चतुर्दशीका दिन यी देवगणको नाच समेत देखाउने प्रबन्ध गरेका थिए । देवमाला वंशावलीमा पीठमा तान्त्रोक्त विधिवाट पूजा हुने पीठका रूपमा व्याख्या गरिएको छ । मनोरथ पूर्ण गराउने देवीका रूपमा नरदेवीलाई लिइन्छ ।

भद्रकाली
खेतमा रोइरहेकी बालिकालाई किसानले फुल्याउँदा पनि रुन नछोडेपछि तिमीलाई रोटी ९लु मधी० दिउँला भनेपछि बालिका प्रशन्न भई अन्तरध्यान भइन् । रोटी सुन बन्यो भन्ने कुरा कलिगत संवत् ३८२५ मा राजा गुणकामदेवलाई अवगत भयो र यिनै राजाले पीठ स्थापना गरिदिए । यिनै देवीलाई भद्रकाली शक्तिका रूपमा पूजिन्छ । राजाले देवी आह्वान गर्दा देवी साक्षात् प्रकट भई यहीँ विलय भएको भन्ने कथन छ । सुनको रोटी जस्तै देखिने बेसार दलेको रोटी यहाँ चढाउने चलन अझै छ ।

भक्तपुर नवदुर्गा
शुम्भ निशुम्भ राक्षस वध गरेपछि बासको खोजीमा अष्टमातृका उन्मत्त भई हिमालयतर्फ जानलाग्दा एक तान्त्रिकले साधना गरी राखेको इतिहास छ । नालाबाट भक्तपुर जाने बटुवालाई खान थालेपछि तान्त्रिकले वशमा पारी आइन्दा यसो नगर्ने वाचा गराई राखियो । तान्त्रिक मरेपछि अष्टमातृका हिँडिन् । पछि तान्त्रिकका पुरोहितले हेर्दा सुङ्गुर खाइरहेको अवस्थामा भेटियो । यहीँ पुरोहितले देवी स्थापना गरी राखिदिए । यी देवीलाई सुङ्गुर चढ्छ । प्रमुख शक्ति पीठका रूपमा रहेको नवदुर्गा भक्तपुरको भित्री नगरमा छ । कोजाग्रत पूर्णिमाका दिन राष्ट्र प्रमुखबाट यहाँ पूजा हुने गरेको छ ।

राजराजेश्वरी पशुपति
नवदुर्गाका पूर्णकदका मूर्ति रहेको राजराजेश्वरी पीठलाई नवदुर्गा पीठ पनि भनिन्छ । विद्या महात्रिपुरासुन्दरीको यन्त्र यस देवीको अगाडि छ । वि।सं १४६४ मा राजा जयधर्मदेवका पालामा यो पीठको स्थापना भएको हो । यस पीठमा पूर्व जन्मको अनुहारको छायाँ देखिने विश्वास गरिने इनार पनि छ । आफ्नो अनुहार नराम्रो देखेर राजकाजमा असर पर्ला भनेर राजा शङ्करदेवले इनार छोपेर ठूलो शिवलिङ्ग स्थापना गरेपछि विराटेश्वरका नामले पुजिँदै आएको छ । यहाँ कर्माचार्य थरका पुजारी रहने व्यवस्था छ । पुजारी पुरुषोत्तम कर्माचार्यका अनुसार यो पीठमा नित्य पूजा गर्दा मनोकामना पूरा हुन्छ । बडादशैँमा यहाँ विशेष होम भई होमको प्रसाद लिइने चलन छ । नवदुर्गाका पूर्णकदका मूर्ति रहेको यो पीठ आर्यघाट ताम्रगङ्गा छेउमा छ ।

बगलामुखी पाटन
सत्ययुगमा भयङ्कर आँधी तुफानबाट चराचर जगत्को विनाश हुन लागेपछि भगवान् बिष्णुले त्रिपुरासुन्दरीको तपस्या गर्नुभयो । जलक्रिडा गरिरहेकी त्रिपुराको शरीरबाट पहेँलो ज्वाला प्रकट भयो । त्यही तेजबाट बगला प्रकट हुनुभयो र तुफान शान्त पार्नुभयो । बगला दश महाविद्यामध्येकी एक हुनुहन्छ । बगला बृहस्पति स्वामी राशिकी रहनुभएकाले बिहीबार यहाँ पूजा गर्ने चलन छ । सबै कुलदेवताका देवीका रूपमा पनि बगलालाई पुजिन्छ । बडादशैँमा यहाँ दोपाया चौपाया बलि दिनेको भिडभाड हुन्छ ।

दक्षिणकाली
काठमाडौँको फर्पिङस्थित दक्षिणकाली वास्तवमा चामुण्डादेवी हुन् । नरसिंही भगवती, इन्द«ायणी, वाराही, वैष्णवी, कुमारी, माहेश्वरी, ब्राह्मी देवीका प्रतिमा पनि यहाँ चामुण्डादेवीकी रक्षिकाका रूपमा रहेका छन् । राजा प्रताप मल्ललाई सपनामा यहाँ मूर्ति बनाई अर्चना गर भनेकोले यसपछि मात्र यहाँ देवीको प्रतिमा तथा मन्दिर रहेको भनिन्छ । साक्षात्देवीको रूपमा यो पीठलाई लिइन्छ । कुल वंशको रक्षाका लागि बडादशैँ बाहेक अन्य दिन पनि यहाँ भक्तजनको आगमन हुन्छ ।

वनकाली
काठमाडौँको गौशालामा रहेको वनकाली पशुपतिनाथसँग सम्बन्ध छ । पशुपतिनाथको श्री मुहारमा दन्तविन्यास बनाउन लागेका कालीगढ भकाभक मर्न थाले, कुहिएका लासबाट माहामारी चल्यो । भूतप्रेतको दोषबाट यसो हुन गएको ठानेर भूतप्रेत हटाउन अनुष्ठान गरियो तर पनि अन्य विघ्न रोकिएन । वनकाली स्थापना गरेर आराधना गरेपछि विघ्न शान्त भयो । कलिगत संवत् ३४८९ मा राजा शिवदेवको समयमा देवताहरुको युद्ध हुँदा शास्त्रोक्त स्वरूपको यो मूर्ति बनाई स्थापना गरेको इतिहास छ । अष्टभूजा भगवतीको मूर्ति छ । देवमाला वंशावलीमा युद्धमा सत्यको जितका लागि यी देवी स्थापना गरिएको उल्लेख छ । वनकालीलाई मनोरथ पूरा गराउने देवीका रूपमा पुजिन्छ ।

कङ्केश्वरी
काठमाडौँ विष्णुमती नदी किनारमा कङ्केश्वरी पीठ छ । सूर्यवंशी राजा गुणकामदेवलाई महालक्ष्मीले सपनामा अह्राए बमोजिम कलिगत संवत् ३८३५ मा कान्तिपुर सहर स्थापना गरेका थिए । कान्तिपुर नगरको रक्षार्थ कङ्केश्वरी पीठको स्थापना भएको हो । राजा अमर मल्लले १२ वर्षमा देवीको नाच नचाउने प्रबन्ध गरेका थिए । नेपाल संवत् ५८० मा गरिएको यो व्यवस्था अनुसार एकपटक नाच नचाउँदा मानिसको बलि चढ्न जाँदा अनर्थ हुन गयो र यसपछि नाच देखाउन बन्द
गरियो । देवी प्रत्यक्ष भएकीले जनरल कृष्णबहादुर कुँवर, जनरल गगनसिंह, जीवनारायण मानन्धर, सेते दमाइ, उजिर कसाइँले मन्दिरको मर्मत र देवीलाई गहना अर्पण गरेको देवमाला वंशावलीमा छ ।

गुह्येश्वरी
हिमवत् खण्डमा पार्वती गुप्त भएको छिद्र, नेपाल माहात्म्यमा सतीदेवीको अङ्ग पतन भएको स्थान भनिएको छ । मेरुतन्त्रमा सतीदेवीको गुह्य अङ्ग पतन भएको पीठ भनिएको छ । राजा पताप मल्लले मन्दिर जीर्णोद्दार गर्दा महाकाली, चण्डी, परमेश्वरी, गुह्येश्वरी नाम दिएर पीठ जीर्णोद्धार गरेको अभिलेख छ । भारतको कामरुकामाख्याको स्वरूपमा यो पीठलाई लिइन्छ । हिमवत् खण्डमा गुह्येश्वरी जत्तिकै कल्याणदायी, भक्तको मनोरथ पूरा गर्ने पीठ अन्यत्र छैन भनिएको छ ।

पुरानो गुह्येश्वरी गोलढुङ्गा
महादेवले कालकुट वीष सेवन गरेर छटपटाउँदै चिसो ठाउँ खोज्दै गोसाइँकुण्ड जानुभयो । फर्कंदा पार्वती पनि साथै आउनुभयो । गोलढुङ्गा आइपुग्दा पार्वतीलाई रजस्वला भयो । रजस्वलाका समयमा महादेवसँग हिँड्न नहुने भई चार दिन यही गोलढुङ्गामा विश्राम गर्नुभयो । यही स्थानलाई गुह्येश्वरी पीठका रूपमा पुज्न थालियो । श्लेषमान्तक वन मुन्तिरको गुह्येश्वरी पत्ता नलागुन्जेल यही गोलढुङ्गाकै पीठलाई गुह्येश्वरी मानिँदै आएको थियो । नवरात्रकाबेला शाही राजपरिवारको आगमन हुन थालेपछि श्लेषमान्तक वनको गुह्येश्वरी चर्चामा रहन पुग्यो । पुरानो गुह्येश्वरीमा साधना गर्दा मनोरथ पूरा हुन्छ भनेरै यहाँ प्रेम सफल होस् भन्दै प्रेमी प्रेमिका आउँछन् भने मुद्दा मामलामा न्याय मिलोस्, निरोगी होइयोस् र धनधान्य होस् भन्ने कामना यहाँ भक्तजनले गर्छन् ।

मैतिदेवी
मैतिदेवीलाई पञ्चकुमारी पनि भनिन्छ । स्वयं उत्पत्ति भएको देवीका रूपमा मैतिदेवीलाई मानिन्छ । फलाम छुवाउँदा पारसमणि हुने पीठका रूपमा लिइन्छ । पारसमणि फुटेर मयुर बनेको र मयुरलाई कुनै बदमासले ढुङ्गा हानि धपाइदिएको कथन यो पीठसँग जोडिएको छ । यहाँ मयुर कुण्ड पनि छ । यही कुण्डमा शुद्ध भएर देवीको दर्शन गर्ने चलन उहिल्यै थियो । गोरखा मनोकामना दर्शन गरेपछि मैतिदेवीको दर्शन गर्नैपर्छ भनिन्छ ।

भुवनेश्वरी, पशुपति
यहाँ देवीको मूर्ति छैन, प्रतीकात्मक यन्त्र छ । कर्माचार्य पुजारी बाहेक अन्यले यहाँ प्रवेश पाउँदैनन् । लिच्छवी राजा शिवदेवले यो मन्दिर निर्माण गरेका हुन् । नरेन्द« मल्लले वि।सं १५८६ मा मन्दिरको जीर्णोद्धार गरेका थिए । बडादशैँका बेला विशेष नवरात्र पूजा हुने देवस्थलमा यो पीठ पनि पर्छ ।

कङ्कालीमाइ पुरानो नैकाप
सिम्रौनगढमा राजा नान्यदेवका वंशज राजा हरिसिंहदेवका पालाका रानी देवलदेवीले भक्तपुरमा शरणमा आउँदा साथमा तुलजा भवानी
ल्याइन् । देवलदेवी यहीँ रानी भएर बसेपछि उनैले भक्तपुर दरवारमा तलेजु स्थापना गरिन् । कालान्तरमा पाटन र काठमाडौंका दरवारमा पनि तलेजु स्थापना भई तलेजुको पूजा अर्चना थालियो । यिनै रानी देवलदेवीबाट काठमाडौँको पश्चिम पुरानो नैकापमा सिम्रौनगढको कङ्काली माईको आह्वान गरी पीठ निर्माण गरिन् भन्ने किंवदन्ती छ ।

प्रकाशित मिति : २०७५, ३० आश्विन मंगलबार  ६ : ३९ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै