२०८३, १३ मंसिर आईतबार

२३७.१७ किलोग्राम गाँजासहित गाडी बरामद

२३७.१७ किलोग्राम गाँजासहित गाडी बरामद


बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकबाट प्रहरीले २३७.१७० ग्राम लागुऔषध गाँजासहित गाडी बरामद गरेको छ ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ५ः४० बजे अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंकास्पद लागेर चेकजाँच गर्न खोजिएको थियो । तर, चालकले गाडी नरोकी तीव्र गतिमा भगाएका थिए ।

त्यसपछि प्रहरी चौकी पथलैया र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उक्त गाडीलाई पछ्याएको थियो । प्रहरीको पीछा गर्ने क्रममा चालकले दुधौरा खोलाको पुलपारि जंगलछेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर फरार भएका थिए ।

प्रहरी टोलीले जंगल क्षेत्रलाई घेराबन्दी गरी खोजतलास गर्दा चालक फेला पर्न सकेनन् । चालक भागेको दिशातर्फबाट एक थान किप्याड मोबाइल फेला परेको प्रहरीले जनाएको छ । 

नियन्त्रणमा लिइएको गाडी चेकजाँच गर्ने क्रममा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको २३७.१७० ग्राम गाँजा बरामद भएको हो । प्रहरीले गाँजासहित गाडी नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी कार्य जारी राखेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३, १३ मंसिर आईतबार  ११ : ०६ बजे

मुग्लिन– नारायणघाट सडक खण्ड आजबाट दैनिक पाँच घण्टा बन्द

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको

२३७.१७ किलोग्राम गाँजासहित गाडी बरामद

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकबाट प्रहरीले

विद्यालय नजिकै भएको विस्फोटमा १० जानको मृत्यु, ११० जना घाइते

काठमाडौं । अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा विद्यालय नजिकै भएको विस्फोटमा

‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने

काठमाडौं । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन

पृथ्वी राजमार्गको घोप्टेभिरमा दैनिक ५ घण्टा सवारी बन्द, गोरखाको सोती–मान्बु पुल अवरुद्ध

काठमाडौं । बागमती र गण्डकी प्रदेशका मुख्य सडक तथा पुलहरूमा