काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्ने भएको छ। बैठक दिउँसो २ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्न लागेको हो।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै बैठकबारे जानकारी दिएका हुन्।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा पार्टीका समसामयिक विषय तथा संगठनात्मक गतिविधिबारे छलफल हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया