काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा बस्न लागेको बैठकमा समसामयिक विषयमाथि छलफल हुने भएको छ।
पार्टी प्रवक्ता जगदीश खरेलले बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिएका छन्।
बैठक बिहान ११ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्नेछ।







प्रतिक्रिया