२०८३, १२ कार्तिक बिहीबार

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति र कार्यक्रम जनतामाझ पुर्‍याउन मंसिर महिनाभर ‘कांग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथपछि सम्बोधन गर्दै थापाले महाधिवेशनका निर्णयलाई दस्तावेजमा सीमित नराखी कार्यान्वयनमा लैजाने बताएका हुन्।

उनले पार्टीको आगामी चार वर्षका लागि एकीकृत कार्ययोजना बनाएर निश्चित क्यालेन्डरअनुसार संगठन सञ्चालन गर्ने बताए। नीति तथा कार्यक्रमसँगै संगठन सुधारका योजनालाई समेटेर कार्ययोजना तयार गरिने र आगामी बैठकमा पेस गरिने उनको भनाइ छ।

अभियानमार्फत कांग्रेसका नीति, योजना र मुलुकका समस्या समाधान गर्ने पार्टीको प्रतिबद्धता वडा तहका सदस्यदेखि आम नागरिकसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

‘अब समीक्षा र आत्मालोचनाको चरण सकियो, अब अगाडि बढ्ने हो,’ थापाले भने। उनले प्रतिपक्ष, स्थानीय सरकार र राष्ट्रिय शक्तिका रूपमा कांग्रेसले आफ्नो जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्नुपर्ने बताए।

अभियानको विस्तृत खाका पार्टी कार्यालय

प्रकाशित मिति : २०८३, १२ कार्तिक बिहीबार  ५ : २४ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली