काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङ रोजेका हुन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वर्षाकै बीच अम्पायरले छाता ओढेर टस गराएका थिए। वर्षा जारी रहेकाले मुख्य पिचलाई त्रिपालले ढाकिएको छ भने आउटफिल्ड खुला छ।
टसपछि दुवै टोलीका खेलाडी वार्मअपमा उत्रिएका छन्। वर्षाले खेल सञ्चालनमा भने चुनौती थपेको छ।







प्रतिक्रिया