काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले मंगलबार बिहानसम्म गरेको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६० जना र तीव्र गतिमा सवारी चलाउने ९७ जनालाई कारबाही गरेको हो।
त्यस्तै, सीसीटीभी निगरानीबाट ३२ जना र रातो बत्ती उल्लङ्घन गर्ने ३२ जना चालक कारबाहीमा परेका छन्।
लेन क्रस गर्ने ११, एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने ११, हर्न निषेध उल्लङ्घन गर्ने सात र सवारीको अवस्था ठीक नभएका सात जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
अन्य ट्राफिक नियम उल्लङ्घनमा ३६५ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न उपत्यकाका विभिन्न स्थानमा जाँच तथा निगरानीलाई निरन्तरता दिएको जनाएको छ।







प्रतिक्रिया