भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरस्थित ऐतिहासिक नवदुर्गा भवानी मन्दिरमा दर्शन तथा पूजाआराधना गर्नुभएको छ।
राष्ट्रपतिको दर्शन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा पनि सहभागी हुनुभयो। सोही अवसरमा नवदुर्गा भवानीको ऐतिहासिक जात्रा सञ्चालन तथा निरन्तरताका लागि प्रदेश सरकारले एक लाख रुपैयाँ सहयोग गरेको छ।
घरेलु तथा साना उद्योग कार्यालय, भक्तपुरमार्फत श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थालाई उपलब्ध गराइएको सहयोग रकमको चेक राष्ट्रपति पौडेल र मुख्यमन्त्री थापाले संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो।
मुख्यमन्त्री थापाले भक्तपुरको मौलिक कला, संस्कृति, सम्पदा र परम्परा नेपालको पहिचान भएको उल्लेख गर्दै यस्ता अमूल्य सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले ऐतिहासिक जात्रा तथा धार्मिक परम्पराको निरन्तरताका लागि आवश्यक सहयोग र सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।







प्रतिक्रिया