२०८३, १० कार्तिक मंगलबार

एनपीएलले नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा योगदान पुर्‍याउने : मुख्यमन्त्री थापा मगर

एनपीएलले नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा योगदान पुर्‍याउने : मुख्यमन्त्री थापा मगर


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताउनुभएको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ संस्करणका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री थापा मगरले नेपाली क्रिकेट व्यावसायिक युगमा प्रवेश गरेसँगै एनपीएलले राष्ट्रिय गौरवको स्वरूप ग्रहण गर्दै गएको उल्लेख गर्नुभएको हो।

“खेल केवल मनोरञ्जन होइन, राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र विश्वमञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम हो,” उहाँले भन्नुभएको छ।

मुख्यमन्त्री थापा मगरले खेलकुद, युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई प्राथमिकता दिने राजनीतिक सोचलाई एनपीएलले थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बन्ने अपेक्षा पनि गर्नुभएको छ।

“खेलकुद, युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने हाम्रो राजनीतिक सोचलाई थप बलियो बनाउँदै एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बनोस्,” शुभकामना सन्देशमा उल्लेख छ।

उहाँले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, आयोजक, नेपाल क्रिकेट संघ (क्यान), कमेन्टेटर तथा क्रिकेटप्रेमीलाई शुभकामना दिनुभएको छ।

प्रकाशित मिति : २०८३, ९ कार्तिक सोमबार  २ : ३५ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना