काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेडा, आलु, प्याजदेखि विभिन्न हरियो तरकारी र फलफूलको मूल्य फरक–फरक रहेको छ।
समितिका अनुसार ठूलो नेपाली गोलभेडा र भारतीय ठूलो गोलभेडा प्रतिकिलो ७० रुपैयाँमा कारोबार भइरहेको छ। सानो टनेल गोलभेडाको मूल्य प्रतिकिलो ७८ रुपैयाँ तोकिएको छ।
आलुतर्फ रातो लाम्चो आलु प्रतिकिलो ५५ रुपैयाँ, रातो गोलो आलु र रातो मुडे आलु ५०–५० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ तथा सेतो आलु २८ रुपैयाँ रहेको छ। भारतीय सुकेको प्याज प्रतिकिलो ८० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ८० रुपैयाँ तोकिएको छ।
अन्य तरकारीमध्ये लोकल बन्दा प्रतिकिलो ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो हाइब्रिड मूला ५० रुपैयाँ, लाम्चो भन्टा ७० रुपैयाँ र डल्लो भन्टा ८० रुपैयाँ रहेको छ। तने बोडी प्रतिकिलो १२० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ तथा लोकल र हाइब्रिड घिउ सिमी ८०–८० रुपैयाँमा कारोबार भइरहेको छ।
टाटे सिमी प्रतिकिलो १०० रुपैयाँ, भटमासकोसा ९० रुपैयाँ, तितो करेला १२० रुपैयाँ र लौका ९० रुपैयाँ तोकिएको छ। रायोको साग र पालुङ्गो साग प्रतिकिलो १००–१०० रुपैयाँ तथा तोरीको साग ८० रुपैयाँ रहेको छ। हरियो प्याजको मूल्य भने प्रतिकिलो २५० रुपैयाँ पुगेको छ।
च्याउ तथा अन्य तरकारीमा कन्य च्याउ प्रतिकिलो २६० रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ तोकिएको छ। कुरिलो प्रतिकिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली २०० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको समितिले जनाएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, मुस्ताङको स्याउ २०० रुपैयाँ र जुम्लाको स्याउ २५० रुपैयाँ तोकिएको छ। नेपाली केरा र मालभोग केरा प्रतिदर्जन १००–१०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ र हरियो तरबुजा ६० रुपैयाँ रहेको छ।
समितिले सार्वजनिक गरेको मूल्य न्यूनतम थोक मूल्य हो। खुद्रा बजारमा भने स्थान, माग, आपूर्ति र व्यापारिक लागतअनुसार मूल्य फरक पर्न सक्छ।







प्रतिक्रिया