२०८३, १० आश्विन आईतबार

पञ्चकुमारी सहकारीको १९औँ साधारण सभा

पञ्चकुमारी सहकारीको १९औँ साधारण सभा


बनेपा । पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपाले आर्थिक वर्ष २०८२/८३ मा १२ करोड ४३ लाख ६८ हजार रुपैयाँको कुल वासलात कायम गरेको छ। संस्थाको १९औँ वार्षिक साधारण सभामा प्रस्तुत वित्तीय विवरणअनुसार कुल निक्षेप ९ करोड २२ लाख ९ हजार र कर्जा लगानी ६ करोड ४९ लाख ८७ हजार रुपैयाँ रहेको छ।

सहकारीमा हाल १ हजार ३१२ जना सदस्य आबद्ध छन्, जसमा ४१४ जना बाल सदस्य छन्। अध्यक्ष मधुसूदन पन्तले सदस्यको बचत, कर्जा सुविधा र सदस्यहितलाई केन्द्रमा राखेर कारोबार सञ्चालन भइरहेको बताए। संस्थाले सदस्यको आर्थिक तथा सामाजिक सुरक्षालाई लक्षित गर्दै विभिन्न राहत र प्रोत्साहन कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।

सदस्यहितका कार्यक्रमअन्तर्गत गम्भीर रोगबाट पीडित सदस्य, सुत्केरी सदस्यलगायतका लागि एक वर्षमा १ लाख ९७ हजार रुपैयाँ खर्च गरिएको अध्यक्ष पन्तले जानकारी दिए। जेहेन्दार विद्यार्थी सम्मान, बाल बचत प्रोत्साहन, ज्येष्ठ सदस्य सम्मान, उत्कृष्ट कर्जा सदस्य सम्मान तथा शेयर सदस्यको मृत्युमा काजकिरिया खर्चलगायतका कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन्।

सभामा बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटाले सहकारी संस्थाको दिगो विकासका लागि सदस्यको बचत सुरक्षा, पारदर्शिता र सदस्यकेन्द्रित वित्तीय कारोबार महत्वपूर्ण रहेको बताइन्। केही सहकारीका कारण समग्र क्षेत्रप्रति नै विश्वासको संकट उत्पन्न भएको उल्लेख गर्दै उनले संस्थाहरूलाई जिम्मेवार र जवाफदेही ढंगले सञ्चालन गर्न आग्रह गरिन्। व्यवस्थापक गंगा दाहालका अनुसार सहकारीले रासायनिक मल वितरण तथा सीपमूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/८४ का प्रस्तावित योजना र कार्यक्रम पारित गरेको छ। उपाध्यक्ष आनन्द दाहाल, सचिव यादवप्रसाद सिटौला, कोषाध्यक्ष नवराज तिमल्सिना तथा लेखा सुपरिवेक्षण समितिका संयोजक हरिचन्द्र भण्डारीका प्रतिवेदन सर्वसम्मत पारित भएका छन्। सभाका अवसरमा जेहेन्दार विद्यार्थी, कर्मचारी, ज्येष्ठ सदस्य, उत्कृष्ट ऋणी तथा बचतकर्तालाई सम्मान गरिएको संस्थाले जनाएको छ।

प्रकाशित मिति : २०८३, १० आश्विन आईतबार  २ : २७ बजे

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १०

पञ्चकुमारी सहकारीको १९औँ साधारण सभा

बनेपा । पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपाले आर्थिक वर्ष

कालीगण्डकीको कहर : पर्वतमा ६६ घर बगायो, २३ घर मृत्युको जोखिममा

पर्वत । अविरल वर्षापछि उर्लिएको कालीगण्डकीले पर्वतमा ठूलो विनाश मच्चाएको

‘थ्रेट’ भन्दै पूर्वप्रधानन्यायाधीश राणा पक्राउ, कारण नखुल्दै परिवारको जिम्मा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेको केही समयमै रिहा

सोह्र श्राद्धमा पितृको सम्मान र श्रद्धा अनिवार्य छ : संस्कृतिविद् भट्टराई

काठमाडौं । सनातन तथा वैदिक परम्परामा पितृको सम्मान र स्मरणलाई