२०८३, ७ आश्विन बिहीबार

नेपाल-फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल

नेपाल-फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको साइडलाइनमा भेटवार्ता भएको छ ।

भेटवार्तामा फिनल्यान्डकी परराष्ट्रमन्त्री भाल्टोनेनले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक तथा समवेदना प्रकट गरिन् ।

परराष्ट्रमन्त्री खनालले फिनल्यान्डकी परराष्ट्रमन्त्री भाल्टोनेनले समवेदना प्रकटलाई लिएर नेपाल र नेपाली जनताको तर्फबाट धन्यवाद लिए । 

दुवै मन्त्रीहरूले नेपाल–फिनल्यान्ड सम्बन्धका विविध पक्षका साथै बहुपक्षीय मञ्चमा सहकार्यका विषयमा विचार आदान—प्रदान गरेका थिए ।

साथै, आपसी हितका क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ९ : ११ बजे

डोल्पामा सीता एयरको जहाज दुर्घटना, मानवीय क्षति भएन

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा

काभ्रेपलाञ्चोक जिल्ला अदालतमा थपियो चौथो इजलास

धुलिखेल । मुद्दाको चाप बढ्दै गएपछि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बुधबारदेखि

आजदेखि चलनचल्तीमा आउँदै १ हजारको नयाँ नोट, के-के छन् विशेषता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँ दरको

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले नेपाल र भारत