२०८३, २२ भाद्र मंगलबार

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल


काठमाडौं । सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र जरेमा रहेका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका रसुवा बाढी प्रभावितसँग भेटघाट गरी उनीहरूको अवस्था तथा आवश्यकताबारे जानकारी लिएका छन् ।

त्यसैगरी, बाढीका कारण प्रभावित तथा अवरुद्ध बनेको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीर क्षेत्रको स्थलगत अवलोकन गरी पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् ।

सभामुख अर्यालले क्षति पुगेका गल्छी गाउँपालिकास्थित बागेश्वरी माध्यमिक विद्यालय र बैरेनी अस्पताल तथा चरौधीस्थित कृषि सहकारी संस्था र बुद्धि विकास माध्यमिक विद्यालयको समेत स्थलगत निरीक्षण गरे ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित गाउँपालिकाका पदाधिकारीसँग भेट गरी बाढी तथा पहिरोबाट भएको क्षति, हालसम्म सञ्चालन गरिएका खोज तथा उद्धार कार्य, प्रभावितहरूको अवस्था तथा तत्काल आवश्यक राहत र पुनस्र्थापनाका विषयमा छलफल गरेका छन् ।

प्रकाशित मिति : २०८३, २२ भाद्र मंगलबार  १० : ०८ बजे

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल

काठमाडौं । सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र

जेनजी आन्दोलनका क्रममा भएका घट्नाको निष्पक्ष छानविन नहुनु दुर्भाग्यपूर्ण ः डा.डिला संग्रौला

काठमाडौं । भ्रष्टाचार, बेथिति, सुशासन र राजनीतिक जवाफदेहिताको माग गर्दै