ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ।
जन्माष्टमीको अवसरमा भक्तजन बिहानैदेखि विभिन्न कृष्ण मन्दिरमा पुगेर पूजा, आराधना तथा दर्शन गरिरहेका छन्।ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पनि विशेष पूजा तथा दर्शनका लागि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।
जन्माष्टमीका अवसरमा भक्तजनले व्रत बसेर भगवान् श्रीकृष्णको पूजा–आराधना गर्ने तथा मध्यरातमा कृष्ण जन्मोत्सव मनाउने परम्परा छ।







प्रतिक्रिया