काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न महत्वपूर्ण विधेयक तथा अन्तर्राष्ट्रिय सम्झौतासम्बन्धी विषय कार्यसूचीमा राखिएका छन्।
बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता प्रतिनिधिसभामा पेस गर्नेछन्।यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची रहेको छ।
आजको बैठकमा विधेयकलाई समितिमा पठाउने प्रक्रिया अघि बढ्नुका साथै नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार र समुद्री जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताका विषयमा समेत सदनमा प्रक्रिया अघि बढ्नेछ।







प्रतिक्रिया