२०८३, १० कार्तिक मंगलबार

२४ घण्टामा ट्राफिक प्रहरीद्वारा ५२३ चालक कारबाहीमा

२४ घण्टामा ट्राफिक प्रहरीद्वारा ५२३ चालक कारबाहीमा


काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको सवारी जाँचका क्रममा पछिल्लो २४ घण्टामा ५२३ जना चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले बिहीबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६३ जना चालकलाई कारबाही गरेको जनाएको छ। त्यस्तै, सिसिटिभीमार्फत ५४ जना र रातोबत्ती उल्लंघन गर्ने ३० जना चालक कारबाहीमा परेका छन्।

यसैगरी, तीव्र गतिमा सवारी चलाउने ३९ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ६ जना, लेन क्रस गर्ने २५ जना र सवारीको अवस्था ठीक नभएका १ जना चालकलाई कारबाही गरिएको छ।

एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ६ जना तथा अन्य कसुरमा २९९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको कारबाहीमध्ये सबैभन्दा बढी चालक अन्य कसुरअन्तर्गत कारबाहीमा परेका छन्।

प्रकाशित मिति : २०८३, १७ भाद्र बिहीबार  ८ : ४९ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना