काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको सवारी जाँचका क्रममा पछिल्लो २४ घण्टामा ५२३ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले बिहीबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६३ जना चालकलाई कारबाही गरेको जनाएको छ। त्यस्तै, सिसिटिभीमार्फत ५४ जना र रातोबत्ती उल्लंघन गर्ने ३० जना चालक कारबाहीमा परेका छन्।
यसैगरी, तीव्र गतिमा सवारी चलाउने ३९ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ६ जना, लेन क्रस गर्ने २५ जना र सवारीको अवस्था ठीक नभएका १ जना चालकलाई कारबाही गरिएको छ।
एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ६ जना तथा अन्य कसुरमा २९९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको कारबाहीमध्ये सबैभन्दा बढी चालक अन्य कसुरअन्तर्गत कारबाहीमा परेका छन्।







प्रतिक्रिया