२०८३, १५ जेष्ठ शनिबार

काभ्रेको तालढुंगामा सिडियो र एसपी नाँच्दै (फोटो फिचर)

काभ्रेको तालढुंगामा सिडियो र एसपी नाँच्दै (फोटो फिचर)


तालढुंगा ७ असोज : गते काभ्रेपलाञ्चोक जिल्लाको कर्णाली भनेर चिनिएको खानीखोला गाउँपालिका–५ तालढुंगामा २०७५ असोज ५ गते बृहत सांस्कृतिक कार्यक्रमसहित महिला हिंसा विरुद्व सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र खानीखोला गाउँपालिकाको संयुक्त आयोजनामा भएको सचेतना कार्यक्रममा नेता, सिडियो–एसपी र कलाकार सबै नाचेर भरपुर मनोरञ्जन लिएका छन् ।

देशमा बढ्दै गएको महिला हिंसाका घटना रोकथामका लागि नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाका सबै स्थानीय तहमा सचेतना कार्यक्रम संचालन गर्ने योजना अनुसार कलाकार सहितको टोली तालढुंगा पुगेको थियो ।

टोलीमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, निबर्तमान सांसद रामहरी सुवेदी, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्का, खानीखोला गाउँपालिका उपाध्यक्ष रुक्मेणी गुरुङ, राष्ट्रिय अनुसन्धान विभागका डिएसपी हरिश्चन्द्र श्रेष्ठ, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, जनविकास मावि तालढुंगाका प्रधानाध्यापक देशबहादुर वाइवा लगायत सरकारी अधिकारी, लोकगायक, पत्रकार, मानवअधिकारकर्मी र नागरिक समाजकोे सहभागिता थियो ।

खानीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले अध्यक्षता गरेको कार्यक्रममा लोकगायक गोकुल राउत र पार्वती कार्कीले हिंसाविरुद्धका गितहरू प्रस्तुत गरेका थिए । सचेतना कार्यक्रममा स्थानीय महिला र सर्वसाधरणसँगै नेताहरूसँगै सर्वसाधरण पनि नाँचेका थिए ।

काभ्रेपलाञ्चोकको कर्णाली भनेर चिनिएको तालढुंगामा सचेतना कार्यक्रम लिएर इतिहासमा नै पहिलो पटक जिल्लाका प्रमुख जिल्ला अधिकारी पुगेका थिए । उनी लगायतको टोलीलाई भव्य स्वागत गरिएको जानकारी प्राप्त भएको छ । यस कार्यक्रमको संयोजन मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले गरेका थिए ।

विद्यालय कार्यक्रम
यसैबीच जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा २०७५ असोज ५ गते बिहान जनविकास मावि तालढुंगामा प्र्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको उपस्थितीमा माध्यमिक तहका विद्यार्थीहरूवीच हिंसा, दुव्र्यवहार र आत्महत्या रोकथाम, बालअधिकार, मानवअधिकार आदिका विषयमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्का र मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले अन्र्तक्रियात्मक शत्र संचालन गरेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ९ : ०७ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण