२०८३, १० कार्तिक मंगलबार

नागढुंगानजिकै पृथ्वी राजमार्ग भासियो, ठूला सवारी सुरुङमार्गबाट पठाइँदै

नागढुंगानजिकै पृथ्वी राजमार्ग भासियो, ठूला सवारी सुरुङमार्गबाट पठाइँदै


काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । आज बिहान सडकको केही भाग भासिएपछि हाल पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन र दुईपांग्रे सवारीलाई सोही स्थानबाट एकतर्फी रूपमा आवतजावत गर्ने व्यवस्था मिलाइएको छ ।

अन्य सबै सवारीसाधनलाई भने नागढुंगा सुरुङमार्ग हुँदै पठाउने व्यवस्था गरिएको सडक विभागले जनाएको छ । सडक भासिएको स्थानको स्थलगत निरीक्षण तथा आवश्यक प्राविधिक अध्ययनका लागि विभागको प्राविधिक टोली परिचालन गरिएको छ । अध्ययनपछि आवश्यक मर्मतसम्भार गरी यातायात सेवा चाँडै पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागले जनाएको छ ।

सडकको अवस्था र मर्मत कार्यका कारण यस खण्डमा यात्रा गर्ने सवारीसाधनले वैकल्पिक मार्ग तथा सुरुङमार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेको छ ।

प्रकाशित मिति : २०८३, १६ भाद्र बुधबार  ३ : ५१ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना