२०८३, १६ भाद्र बुधबार

आजको मौसम : ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आजको मौसम : ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा, मेघगर्जन र चट्याङको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभागमा बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कोशी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। तराईका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, १६ भाद्र बुधबार  ८ : ४२ बजे

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

नेपालमा डिजिटल अपराधको जालो

सूचना तथा सञ्चार प्रविधि आधुनिक शासन, अर्थतन्त्र र सामाजिक जीवनको

आजको मौसम : ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न

बाढीपीडितको चुलो बाल्न ६० स्वयंसेवकसहित नुवाकोट पुग्यो नेशनल भोलेन्टियर फोर्स

नुवाकोट । बाढीपहिरोले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला नेशनल भोलेन्टियर फोर्स