२०८३, १४ भाद्र सोमबार

रसुवाको बाढीको पीडा भारतसम्म, गण्डक नदीमा भेटिन थाले बाढीले बगाएका शव

रसुवाको बाढीको पीडा भारतसम्म, गण्डक नदीमा भेटिन थाले बाढीले बगाएका शव


रसुवा । रसुवामा पाँच दिनअघि आएको विनाशकारी बाढीको त्रासदी सीमापारि भारतसम्म पुगेको छ। भोटेकोशीमा आएको भीषण बाढीले बगाएर बेपत्ता भएका व्यक्तिमध्ये केहीको शव भारततर्फ गण्डक नदीमा तैरिरहेको अवस्थामा फेला पर्न थालेका छन्।

बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्‍याउनुका साथै कैयौँ मानिसलाई बेपत्ता बनाएको छ। बेपत्ता व्यक्तिको खोजी भइरहेका बेला बाढीले बगाएका शव नदीको बहावसँगै भारततर्फ पुग्न थालेपछि घटनाले थप पीडादायी रूप लिएको हो। बाढीको चपेटामा परेका परिवारहरू अझै आफ्ना आफन्तको अवस्थाबारे अनिश्चिततामा छन्। कतिपय परिवार आफन्त फर्किने आशामा छन् भने कतिपयले नदीमा भेटिन थालेका शवको खबरले झन् ठूलो पीडा भोग्नुपरेको छ। प्रकृतिको निर्मम प्रहारले रसुवाका कैयौँ परिवारको खुसी खोसिएको छ। घर, सम्पत्ति र जीविकोपार्जनका आधार गुमाएका नागरिकमाथि आफन्त गुमाउनुको पीडा थपिएको छ।

बेपत्ताको संख्या र पहिचान यकिन गर्न तथा भारततर्फ भेटिएका शवको पहिचान गरी सम्बन्धित परिवारसम्म पुर्‍याउन नेपाल र भारतका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ। यसैबीच रसुवामा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउनुपर्ने आवश्यकता देखिएको छ। विपद्को यो गम्भीर अवस्थामा प्रभावित परिवारलाई राहतसँगै मानसिक तथा मानवीय सहयोगको समेत खाँचो रहेको छ।

प्रकाशित मिति : २०८३, १४ भाद्र सोमबार  १ : ०२ बजे

राहत वितरण र विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निष्कल राईले विपद् प्रभावित क्षेत्रमा

कांग्रेस संसदीय दलको निर्णय : बाढीपीडितका लागि सांसदको आधा महिनाको तलब राहत कोषमा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले बाढी तथा विपद्बाट प्रभावित

मुख्यमन्त्री सडक र गाउँबस्तीमा, संघीय मन्त्रीहरू हेलिकप्टर र फेसबुकमा

काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीपछि उद्धार, राहत र पुनःस्थापनाको चुनौती

रसुवाको बाढीको पीडा भारतसम्म, गण्डक नदीमा भेटिन थाले बाढीले बगाएका शव

रसुवा । रसुवामा पाँच दिनअघि आएको विनाशकारी बाढीको त्रासदी सीमापारि

बाढीपीडितका लागि कांग्रेस काभ्रेको दरिलो साथ, १७ लाख ६२ हजार सहयोग हस्तान्तरण

काभ्रे । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा