२०८३, ९ कार्तिक सोमबार

रसुवाको बाढीपहिरोबारे एमाले महासचिव पोखरेलले ओलीलाई बुझाए स्थलगत प्रतिवेदन

रसुवाको बाढीपहिरोबारे एमाले महासचिव पोखरेलले ओलीलाई बुझाए स्थलगत प्रतिवेदन


काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवामा गएको बाढीपहिरोबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा गरिएको स्थलगत अनुगमनको प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन्।

महासचिव पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी त्यहाँको अवस्था, भएको जनधनको क्षति, उद्धार तथा राहतको अवस्था र तत्काल आवश्यक कदमबारे जानकारी संकलन गरेका थिए। स्थलगत अनुगमनपछि तयार पारिएको प्रतिवेदन अध्यक्ष ओलीलाई बुझाउँदै पोखरेलले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्नुपर्ने विषयमा समेत जानकारी गराएका छन्।

रसुवामा आएको भीषण बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा समेत क्षति पुगेको छ। विपद्पछि प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्य जारी छ। एमालेले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै आएको छ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  २ : ४६ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि