२०८३, १३ भाद्र आईतबार

आज पनि झरीसँगै चट्याङ : यी प्रदेशमा भारी वर्षाको चेतावनी

आज पनि झरीसँगै चट्याङ : यी प्रदेशमा भारी वर्षाको चेतावनी


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। केही प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ तथा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास रहेको छ। यसको प्रभावका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

हाल बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि वर्षा भइरहेको छ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।

यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा तथा मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपात हुन सक्नेछ।

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने विभागले जनाएको छ।

रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ७ : ५७ बजे

बाढीले बन्द भएका थप ७ ठाउँमा टेलिकम सेवा फर्कियो, ९३ साइट सञ्चालनमा

काठमाडौं । बाढीका कारण अवरुद्ध नेपाल टेलिकमका थप सातवटा साइटबाट

भोटेकोशीको बहाव घटेपछि खुल्यो काठमाडौं–मुग्लिन–नारायणगढ सडक

काठमाडौं । बाढीको जोखिम देखिएपछि केही समय रोकिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड

तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न 

ताप्लेजुङ । तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न गरिएको छ

भोटेकोशीमा फेरि बाढी बढ्यो, रसुवादेखि चितवनसम्म सतर्कता

काठमाडौं । भोटेकोशी नदीमा शुक्रबार बिहानदेखि पानीको बहाव पुनः बढेपछि

प्लास्टिकको भीडमा हराउँदै चोयाका डालो

ताप्लेजुङ । कुनै समय गाउँघरको दैनिकीसँग जोडिएको चोयाको डालो अहिले