२०८३, ९ कार्तिक सोमबार

बाढीपछि बनेको नयाँ तालको जोखिमबारे सी जिनपिङको विशेष चासो

बाढीपछि बनेको नयाँ तालको जोखिमबारे सी जिनपिङको विशेष चासो


काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बतमा पहिरोपछि बनेको नयाँ अवरोध तालको अवस्थाबारे विशेष निगरानी राख्न निर्देशन दिएका छन्।

शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूको आकस्मिक बैठकमा सीले नयाँ बनेको ताल र आसपासका पहाडको स्थिरतामा नजिकबाट निगरानी गर्न निर्देशन दिएका हुन्।

उनले थप बाढी, पहिरो वा अन्य विपद् आउन नदिन आवश्यक सबै उपाय अपनाउन अधिकारीहरूलाई आग्रह गरेका छन्।

ठूलो बाढीपछि बनेको उक्त तालमा पानी भरिएर बाहिर बग्न थालेपछि आसपासका क्षेत्रमा थप जोखिम बढेको छ। यसले बेपत्ता व्यक्तिको खोजी तथा उद्धारमा समेत समस्या सिर्जना गरेको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सीले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकमा सहभागी सबैलाई एक मिनेट मौनधारण गर्न समेत आग्रह गरेका थिए।

उच्च हिमाली क्षेत्र, भिरालो भूभाग, हिमनदी र हिमतालका कारण उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चीनले सार्वजनिक गरेको विवरणअनुसार तिब्बततर्फ तीन जनाको मृत्यु भएको र ५५८ जना अझै बेपत्ता छन्। नेपालतर्फ पनि ठूलो जनधनको क्षति भएको छ।

प्रकाशित मिति : २०८३, ११ भाद्र शुक्रबार  २ : १७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि