२०८३, ९ कार्तिक सोमबार

विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्छ : प्रचण्ड

विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्छ : प्रचण्ड


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्ने बताएका छन् ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विपद्का बेला आपसी समझदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले भोटेकोशीमा आएको बाढी र त्यसबाट भएको ‘भयानक’ क्षतिलाई राष्ट्रिय एकताको नयाँ संकल्पमा बदल्नुपर्ने बताए ।

उनले भने, ‘मानवीय र भौतिक क्षति पनि जुन छ, यस्तो बेलामा समझदारीका साथ अघि बढ्नुपर्छ । यसलाई राष्ट्रिय एकताको एउटा नयाँ संकल्पमा बदल्नुपर्छ ।’

सरकारको सक्रियताबारे सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै उनले उनले प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता राम्रो रहेको बताए । 

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  १२ : ४८ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि