२०८३, ९ कार्तिक सोमबार

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन


काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना नदिएको भन्ने आरोपको कडा रूपमा खण्डन गरेको छ । दूतावासले सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्पष्टीकरण जारी गर्दै ती आरोपहरूलाई ‘भ्रामक समाचार’को संज्ञा दिएको हो ।

चीनतर्फको कुनै बाँध फुटेर नेपालमा क्षति पुगेको र त्यसको जानकारी नेपाललाई नदिएको भन्ने दाबीलाई दूतावासले निराधार बताएको छ । दूतावासले सार्वजनिक गरेको तथ्यअनुसार, अगस्ट २६ को बिहान नेपालतर्फ नै भूकम्प वा हिमपहिरो जस्तै प्रकृतिको ठूलो भौगोलिक विपद् आएको थियो ।

सोही घटनाका कारण केरुङ –रसुवागढी सीमा क्षेत्रमा भीषण लेदोसहितको पहिरो गएको थियो । यस प्राकृतिक विपद्का कारण नेपालतर्फ मात्र नभई चीनतर्फ पनि उत्तिकै क्षति भएको र धेरै मानिसहरू बेपत्ता भएको दूतावासले उल्लेख गरेको छ ।

दूतावासले विपद्को यस कठिन घडीमा मिथ्या आरोप लगाउनुको सट्टा आपसी सहयोग र सहकार्यमा जोड दिनुपर्ने बताएको छ । दूतावासद्वारा जारी सन्देशमा भनिएको छ, ‘आरोपले केही मद्दत गर्दैन, बरु सहकार्यले मात्र मानिसको ज्यान बचाउन सकिन्छ ।’ संकटको समयमा दुवै देशले मिलेर उद्धार र राहतमा लाग्नुपर्नेमा दूतावासले जोड दिएको छ ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  १० : २७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि