२०८३, १० कार्तिक मंगलबार

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी


काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने गरी सडक विभागले काम तीव्र बनाएको छ।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार बैरेनीदेखि गलौंदीसम्मको करिब १३ किलोमिटर सडकमा बाढीले थुपारेको लेदो हटाउने काम भइरहेको छ।

मुग्लिनदेखि गलौंदी तथा काठमाडौंदेखि बैरेनीसम्मको सडक भने सञ्चालनका लागि क्लियर रहेको विभागले जनाएको छ। बैरेनी–गलौंदी खण्डका विभिन्न स्थानमा ठूलो मात्रामा लेदो थुप्रिएकाले सडकको वास्तविक अवस्थाबारे यकिन गर्न कठिन भइरहेको न्यौपानेले बताए।

लेदो पन्छाउन गएरातिदेखि १५ वटा उपकरण परिचालन गरिएको छ। गएराति करिब १० बजेपछि वर्षा भएपछि केही समय काम रोकिए पनि बिहीबार बिहानैदेखि उपकरण प्रयोग गरेर सफाइको काम पुनः तीव्र पारिएको विभागले जनाएको छ।न्यौपानेका अनुसार विशेष अवस्था नआएमा बिहीबार दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गको विभिन्न स्थानमा क्षति पुगेपछि काठमाडौं–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो। सडक सञ्चालनमा आएपछि काठमाडौं र चितवन–मुग्लिनतर्फको यातायात सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  ८ : ०० बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना