काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षाको अवस्था रहने देखिएको छ।
आज राति पनि देशका पहाडी तथा हिमाली भूभागमा बदली रही विभिन्न स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हुने सम्भावना छ। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको गतिविधि जारी रहन सक्ने महाशाखाको पूर्वानुमान छ।
भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम रहने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षाका कारण सडक तथा हवाई यातायात र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना हेरेर मात्र यात्रा गर्न सुझाव दिइएको छ।







प्रतिक्रिया