२०८३, ९ कार्तिक सोमबार

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह


धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै धादिङको मलेखु बजार आसपास पुगेपछि बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गर्न आग्रह गरेको छ।

भोटेकोशीको बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा तलतर्फ आइरहेको भन्दै महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन, नारायणगढलगायत त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो। महाशाखाका अनुसार बाढी अबको करिब आधा घण्टामा मुग्लिन क्षेत्र पार गर्ने क्रममा रहेकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा जोखिम थप बढ्न सक्नेछ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा जान महाशाखाले आग्रह गरेको छ। महाशाखाले त्रिशूली नदीको बहाव बढिरहेकाले नदी किनार र तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन, जोखिमपूर्ण स्थानमा नबस्न र तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।

बाढीको सम्भावित जोखिमबाट जोगिन स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्नसमेत महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  १२ : ३३ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि