२०८३, ८ भाद्र मंगलबार

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो


काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र स्वदेशी उत्पादनको बढ्दो उपस्थिति झल्काउँदै १८औँ नाडा अटो शो–२०२६ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका छन्। नाडाको ५०औँ स्थापना वर्षलाई स्वर्ण जयन्तीका रूपमा मनाउँदै आयोजना गरिएको यसपटकको प्रदर्शनीमा ५३ वटा सवारी ब्रान्ड सहभागी छन्।

छ दिनसम्म चल्ने प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेहिकल र १३ ब्रान्डका दुईपांग्रे सवारीसाधन प्रदर्शनमा राखिएका छन्। विभिन्न ब्रान्डले एक दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन्।

यसपटकको अटो शोको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन हो। नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई छुट्टै प्राथमिकता दिइएको छ। यस क्षेत्रमा करिब आठ नेपाली उत्पादक सहभागी छन्। विद्युतीय सवारी, ब्याट्री, ल्युब्रिकेन्ट, हेल्मेट तथा अन्य अटो पार्ट्स नेपाली उत्पादनका रूपमा प्रदर्शनमा छन्।

नेपाली ब्रान्ड यात्रीको पी–२ विद्युतीय स्कुटर पनि प्रदर्शनीको प्रमुख आकर्षण बनेको छ। अन्तर्राष्ट्रिय ब्रान्डसँगै नेपाली कम्पनीले विकास तथा उत्पादन गरेको सवारीसाधनलाई एउटै मञ्चमा राखिनुले नेपालमा अटोमोबाइल उद्योग आयातमा मात्र सीमित नरही उत्पादन र एसेम्बलीतर्फ अघि बढिरहेको संकेत गरेको छ।

नाडाका अनुसार प्रदर्शनीमा सवारीसाधनबाहेक अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, एसेसरिज, ग्यारेज उपकरण, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका गरी २०० भन्दा बढी स्टल छन्। करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिएको प्रदर्शनीलाई दुईपांग्रे, चारपांग्रे, वित्तीय सेवा, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल/मेड फर नेपाल’ र अन्तर्राष्ट्रिय बिजनेस प्याभिलियनमा विभाजन गरिएको छ।

यसपटकको प्रदर्शनीमा नयाँ सवारीसाधनसँगै एआई, रोबोटिक्स, स्मार्ट मोबिलिटी र कनेक्टिभिटी जस्ता प्रविधिलाई पनि प्राथमिकता दिइएको छ। ह्युमानोइड रोबोट र क्वाड्रपेड रोबोटसमेत प्रदर्शनीका आकर्षणका रूपमा राखिएका छन्।

नाडाले अटो शोमार्फत सवारी बिक्री र प्रदर्शनसँगै नेपालमा अटोमोबाइल उद्योगको सम्भावना, स्वदेशी उत्पादन, रोजगारी र औद्योगिकीकरणको बहसलाई अगाडि बढाउने लक्ष्य राखेको जनाएको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले दीर्घकालीन औद्योगिक नीति बने नेपालमै अटोमोबाइल उत्पादनको आधार थप बलियो बनाउन सकिने बताएका छन्।

अटो शो भदौ ९ देखि १४ गतेसम्म अर्थात् अगस्ट २५ देखि ३० सम्म सञ्चालन हुनेछ। सर्वसाधारणका लागि प्रवेश शुल्क २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको छ। टिकट अनलाइनमार्फत समेत खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

यस वर्षको नाडा अटो शो केवल नयाँ गाडी देखाउने मञ्चमा सीमित नभई ‘आयातबाट उत्पादनतर्फ’ नेपालको अटोमोबाइल क्षेत्रले खोजिरहेको नयाँ बाटोको झल्को दिने प्रदर्शनीका रूपमा अघि आएको छ।

प्रकाशित मिति : २०८३, ८ भाद्र मंगलबार  १२ : ४६ बजे

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न