२०८३, ५ भाद्र शनिबार

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ


पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन् । गत साउन १५ गते दिउँसो भएको उक्त घटना पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएपछि मात्र बाहिर आएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आरोपी किशोरले ती बालिकालाई आफ्नो घरमा लिची खान भनी बोलाएका थिए र सोही क्रममा जबरजस्ती करणी गरेका थिए । घटना भएको लामो समयसम्म गुपचुुप रहे पनि गत भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा लिखित किटानी जाहेरी दर्ता भएको थियो ।

जाहेरी परेलगत्तै प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको विशेष टोलीले आरोपी किशोरलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका किशोरमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईका अनुसार घटनाको गम्भीरतालाई ध्यानमा राख्दै कानुनी प्रक्रिया र आवश्यक अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको छ । पीडित र आरोपी दुवै नाबालिग भएकाले प्रहरीले उनीहरूको गोपनीयतालाई ध्यानमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३, ५ भाद्र शनिबार  १ : ११ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही