२०८३, ४ भाद्र शुक्रबार

५० वर्षमा नाडाको छलाङ : ५५ लाख सवारीसाधनको बजारदेखि विद्युतीय मोबिलिटीको लहरसम्म, भदौ ९ देखि अटो शो

५० वर्षमा नाडाको छलाङ : ५५ लाख सवारीसाधनको बजारदेखि विद्युतीय मोबिलिटीको लहरसम्म, भदौ ९ देखि अटो शो


काठमाडौं । पाँच दशकअघि केही सीमित व्यवसायीको पहलबाट सुरु भएको नेपालको अटोमोबाइल क्षेत्र अहिले ५५ लाखभन्दा बढी दर्ता भएका सवारीसाधन, अर्बौंको आयात र तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय मोबिलिटीको चरणमा पुगेको छ। यही परिवर्तनको कथा बोकेर ‘१८औँ नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा यसपटकको अटो शो स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना गर्न लागिएको हो। करिब तीन लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्। २३ वटा चारपाङ्ग्रे यात्रुवाहक ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डले आफ्ना उत्पादन तथा प्रविधि प्रदर्शन गर्नेछन्। त्यसैगरी पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार र ग्यारेज उपकरणका करिब ७० कम्पनी तथा १० वटा बैंक, वित्तीय संस्था र बीमा कम्पनीसमेत सहभागी हुनेछन्।

पाँच वर्षमै ४७० अर्बको आयात

नेपालमा अटोमोबाइल बजार विस्तारको गति पछिल्ला वर्षमा तीव्र देखिएको छ। नाडाका अनुसार देशभर करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन्। विगत पाँच आर्थिक वर्षमा मात्रै सवारीसाधन तथा सम्बन्धित सामग्री आयातमा करिब ४७० अर्ब रुपैयाँ बाहिरिएको छ। यही अवधिमा राज्यले उक्त क्षेत्रबाट करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ।यसले अटोमोबाइल क्षेत्र उपभोगको माध्यम मात्र नभई राज्यको राजस्व, रोजगारी र आर्थिक गतिविधिको महत्वपूर्ण आधार बनेको देखाउँछ।

पेट्रोलबाट बिजुलीतर्फ मोडिँदै बजार

नेपालको अटोमोबाइल बजारमा अर्को ठूलो परिवर्तन विद्युतीय सवारीसाधनको बढ्दो उपस्थितिले ल्याएको छ। हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन नेपाल भित्रिसकेका छन् भने देशभर करिब २ हजार चार्जिङ स्टेसन निर्माण भइसकेका छन्। यसपटकको नाडा अटो शोमा विद्युतीय सवारी, चार्जिङ प्रविधि र हरित मोबिलिटीसँग सम्बन्धित प्रविधि तथा उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले स्वर्ण जयन्ती संस्करणलाई एउटा व्यापारिक प्रदर्शनीभन्दा माथि उठेर नेपाली अटोमोबाइल उद्योगको पाँच दशकको उपलब्धि र आगामी दिशालाई प्रस्तुत गर्ने अवसरका रूपमा लिएका छन्।

सन् १९७५ मा सानो संगठनका रूपमा सुरु भएको नाडाको पाँच दशकको यात्राले अहिले नेपालको सडकमा गुडिरहेका लाखौँ सवारीसाधनसँग आफ्नो सम्बन्ध स्थापित गरिसकेको छ। भदौ ९ देखि भृकुटीमण्डपमा हुने अटो शोले यही यात्राबाट आगामी पुस्ताको मोबिलिटी कतातर्फ जाँदैछ भन्ने संकेत दिनेछ।

प्रकाशित मिति : २०८३, ४ भाद्र शुक्रबार  ४ : ०७ बजे

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही

गाडी किन्ने सपना देख्नेका लागि कृषि विकास बैंकको आकर्षक अटो लोन, ७ वर्षसम्मको सुविधा

काठमाडौं । आफ्नै सवारीसाधन खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित

शंखमुलको होस्टलमा युवकको हत्या, एक जना पक्राउ

काठमाडौँ । काठमाडौंको शंखमुलस्थित एक होस्टलमा धारिलो हतियार प्रहारबाट २२

महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, कांग्रेसभित्र विवाद चर्कियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर पार्टीभित्र देखिएको