२०८३, २ भाद्र बुधबार

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने


काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ सुरु भएसँगै फेसबुक र इन्स्टाग्रामको भविष्यलाई लिएर चासो बढेको छ। मेटा यो मुद्दामा पराजित भएमा दुवै प्लेटफर्मका धेरै महत्वपूर्ण सुविधामा ठूलो परिवर्तन हुनसक्ने देखिएको छ।

सन् २०२३ मा क्यालिफोर्निया, न्युयोर्कसहित ३० राज्यले मेटाविरुद्ध मुद्दा दायर गरेका थिए। ती राज्यहरूले मेटाले बालबालिका तथा किशोरलाई पर्याप्त सुरक्षा नदिएको, उनीहरूको गोपनीयता जोखिममा पारेको र लामो समयसम्म प्लेटफर्ममा व्यस्त राख्ने गरी सामाजिक सञ्जालका सुविधा तथा एल्गोरिदम डिजाइन गरेको आरोप लगाएका छन्।

राज्यहरूले मेटासँग १ ट्रिलियन डलरभन्दा बढी क्षतिपूर्ति माग गर्नुका साथै फेसबुक र इन्स्टाग्रामको सञ्चालन प्रणालीमै परिवर्तन गर्नुपर्ने माग गरेका छन्। मेटा पराजित भएमा किशोर प्रयोगकर्ताका अभिभावकको प्रमाणीकरण, लगातार स्क्रोल गर्न प्रेरित गर्ने एल्गोरिदममा परिवर्तन, केही इमेज फिल्टर हटाउने, भिडियोको अटोप्ले सुविधा हटाउनेलगायतका व्यवस्था लागू हुनसक्नेछ।

त्यस्तै, एउटाभन्दा बढी अकाउन्ट बनाउन रोक लगाउने तथा इन्स्टाग्राम स्टोरीजजस्ता अस्थायी पोस्टका सुविधा परिवर्तन वा हटाउने विषयसमेत राज्यहरूको मागमा समावेश छन्। राज्यहरूले मेटाका नोटिफिकेसन र अन्य सुविधाले बालबालिका तथा किशोरलाई पटक–पटक एपमा फर्किन प्रेरित गर्ने दाबी गरेका छन्। यस्ता डिजाइनले युवाको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्न सक्ने उनीहरूको तर्क छ।

न्यु मेक्सिकोमा मेटालाई ठूलो जरिवाना

यसअघि न्यु मेक्सिकोमा भएको एउटा फैसलामा मेटालाई करिब ९४ करोड २० लाख डलर जरिवाना गरिएको थियो। अदालतले १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि ‘लाइक’ संख्या हटाउने, किशोरमार्फत नग्न सामग्री आदानप्रदान रोक्ने तथा निश्चित समयबाहेक पुश नोटिफिकेसन सीमित गर्न आदेश दिएको थियो। मेटाले उक्त फैसलाविरुद्ध अपिल गर्ने जनाएको छ।

तर, ३० राज्यले दायर गरेको मुद्दामा मेटा पराजित भए यसको प्रभाव न्यु मेक्सिकोमा मात्र सीमित रहने छैन। मुद्दामा संलग्न राज्यहरूले अमेरिकाको करिब दुईतिहाइ जनसंख्याको प्रतिनिधित्व गर्ने भएकाले कम्पनीले देशभर फेसबुक र इन्स्टाग्राममा व्यापक परिवर्तन गर्नुपर्ने अवस्था आउनसक्नेछ।

‘लाइक’ र मानसिक स्वास्थ्य पनि मुद्दाको केन्द्रमा

राज्यहरूले सामाजिक सञ्जालमा ‘लाइक’ संख्या र अन्य संलग्नता मापन गर्ने सुविधाले किशोरमा अस्वीकृतिको भावना, आत्मसम्मानमा समस्या तथा डिप्रेसन बढाउन सक्ने दाबी गरेका छन्। मेटाले भने आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गर्दै आएको छ। कम्पनीले युवालाई सहयोग र सुरक्षित सामाजिक सञ्जाल अनुभव प्रदान गर्न आफू प्रतिबद्ध रहेको दाबी गरेको छ।

यदि अदालतले राज्यहरूको पक्षमा फैसला गर्‍यो भने फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताले वर्षौंदेखि प्रयोग गर्दै आएका ‘लाइक’, अटोप्ले, नोटिफिकेसन र स्क्रोलिङ प्रणालीदेखि अभिभावकीय नियन्त्रणसम्मका सुविधामा ठूलो परिवर्तन देख्न सक्नेछन्।

प्रकाशित मिति : २०८३, २ भाद्र बुधबार  ७ : ३७ बजे

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश

होर्मुजमा ट्रम्पको दाबी, इरानको कडा जवाफ

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण