२०८३, ३० श्रावण आईतबार

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि


काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४७.५८ प्रतिशतले बढेको हो।

टेलिकमको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवमा कम्पनीको खुद नाफा ६ अर्ब ६७ करोड रुपैयाँ थियो। एक वर्षमै नाफा करिब २ अर्ब ८६ करोड रुपैयाँले बढेको हो।

कम्पनीको करअघिको नाफा पनि ३४.६६ प्रतिशतले बढेर १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आय ३.१२ प्रतिशतले बढेर ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ।

ब्याज आम्दानी घटेको अवस्थामा पनि जिएसएम सेवाको राजस्व बढ्नु, सञ्चालन आयमा सुधार र वित्तीय व्यवस्थापनका कारण टेलिकमको नाफामा उल्लेख्य वृद्धि भएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २०८३, ३० श्रावण आईतबार  १० : २६ बजे

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री तथा स्वामित्व परिवर्तनसम्बन्धी छानबिन प्रतिवेदन