२०८३, २६ आश्विन मंगलबार

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन


काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी खरिदकर्तालाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले नयाँ अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकलाई न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो।

बैंकका अनुसार ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी अटो लोन लिन सक्नेछन्। हालको आधारदरअनुसार कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुनेछ। आधारदरमा परिवर्तन भएमा कर्जाको ब्याजदर पनि त्यसैअनुसार परिवर्तन हुनेछ। ईभी खरिद गर्ने ग्राहकका लागि भने बैंकले अर्को योजना ल्याएको छ। एक्सपोमा नयाँ विद्युतीय सवारीसाधन खरिद गर्नेले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा लिन सक्नेछन्। तीन वर्षपछि भने बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिनेछ।

कर्जा लिन ग्राहकले बैंकका शाखा धाउनुपर्ने छैन। बैंकले एक्सपो परिसरमै स्टल राखेर कर्जाको जानकारीदेखि आवेदन प्रक्रियासम्मको सुविधा उपलब्ध गराएको छ। बैंकका अनुसार आवश्यक कागजात पूरा भएका ग्राहकलाई अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र उपलब्ध गराइनेछ। ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दै आएको जनाएको छ। बैंकका अनुसार सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको छ।

हाल बैंकका ७७ वटै जिल्लामा ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा र ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर सञ्चालनमा छन्। नाइमा एक्सपोमा सार्वजनिक गरिएको नयाँ योजनाले नयाँ गाडी तथा ईभी खरिद गर्ने ग्राहकलाई कर्जा प्रक्रियासँगै ब्याजदरमा समेत विकल्प दिएको बैंकले जनाएको छ।

प्रकाशित मिति : २०८३, २५ श्रावण मंगलबार  ३ : ५४ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका