२०८३, २६ आश्विन मंगलबार

हेटौंडा कपडा उद्योगका तान फेरि चल्न थाले

हेटौंडा कपडा उद्योगका तान फेरि चल्न थाले


हेटौंडा । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा पुराना मेसिन तथा तान मर्मत गरी परीक्षण उत्पादन सुरु गरिएको छ।

नेपाली सेनाको नेतृत्वमा उद्योगका मेसिन, विद्युत् प्रणाली तथा भौतिक संरचना मर्मत गरेपछि शनिबारदेखि परीक्षण उत्पादन सुरु गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जनाएका छन्।

लामो समयदेखि थन्किएका तान सञ्चालनमा आएपछि उद्योग परिसरमा फेरि कपडा बुन्ने ‘खट्खट्’ आवाज सुनिन थालेको छ। परीक्षणका क्रममा केही मात्रामा कपडा उत्पादनसमेत सुरु भएको जनाइएको छ।

२०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको थियो। तर, २०५७ सालदेखि उद्योग बन्द अवस्थामा छ।

सरकारले गत असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादन अघि बढाइएको हो। अब परीक्षणको परिणामका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने सरकारको तयारी छ।

तर, पुरानो प्रविधि, उत्पादन लागत, कच्चा पदार्थको आपूर्ति र निजी क्षेत्रसँगको प्रतिस्पर्धा उद्योग पुनः सञ्चालनका प्रमुख चुनौतीका रूपमा देखिएका छन्।

प्रकाशित मिति : २०८३, २२ श्रावण शनिबार  १ : ५५ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका