२०८३, २६ आश्विन मंगलबार

नेपाल एसबीआई बैंकलाई एकैपटक चार अन्तर्राष्ट्रिय अवार्ड

नेपाल एसबीआई बैंकलाई एकैपटक चार अन्तर्राष्ट्रिय अवार्ड


काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै एकैपटक चार प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।

भारतको नयाँदिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६’ समारोहमा भारतीय चेम्बर अफ कमर्स (आईसीसी) ले बैंकलाई ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट पर्फर्मेन्स अन एसेट क्वालिटी’, ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट कमर्सियल बैंक’ विधामा सम्मान गरेको हो।

यी अवार्डले बैंकको लघु, साना तथा मझौला उद्यम (एमएसएमई) प्रवर्द्धन, कर्जा तथा सम्पत्ति गुणस्तर व्यवस्थापन, नाफा आर्जन क्षमता र समग्र वाणिज्य बैंकिङ सेवामा उत्कृष्ट कार्यसम्पादनलाई अन्तर्राष्ट्रिय मान्यता दिएको बैंकले जनाएको छ।

बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खडिवडाले समारोहमा अवार्ड ग्रहण गरेका थिए।

३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा दिँदै आएको नेपाल एसबीआई बैंकले हाल १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा र १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकले प्राप्त अन्तर्राष्ट्रिय सम्मानले ग्राहक, सेयरधनी तथा सरोकारवालाको विश्वास थप मजबुत भएको जनाउँदै आगामी दिनमा सेवा गुणस्तर र वित्तीय पहुँच विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८३, २२ श्रावण शनिबार  १ : ४८ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका