२०८३, २६ आश्विन मंगलबार

विदेश अध्ययन गर्नेलाई नबिल बैंकको विशेष उपहार, पुतलीसडकमा खुल्यो ‘एजुकेसन हब’

विदेश अध्ययन गर्नेलाई नबिल बैंकको विशेष उपहार, पुतलीसडकमा खुल्यो ‘एजुकेसन हब’


काठमाडौं । नबिल बैंक ले विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंको पुतलीसडकमा ‘नबिल बैंक एजुकेसन हब’ सञ्चालनमा ल्याएको छ। बैंकले यसलाई विद्यार्थी र अभिभावकका लागि शैक्षिक कर्जा, बैंकिङ सेवा तथा वित्तीय परामर्श उपलब्ध गराउने ‘एकद्वार सेवा केन्द्र’का रूपमा विकास गरेको जनाएको छ।

एजुकेसन हबको उद्घाटन नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा गरेका हुन्।

उद्घाटन समारोहमा अध्यक्ष चौधरीले शिक्षामा गरिने लगानी राष्ट्रको भविष्य निर्माणसँग जोडिएको उल्लेख गर्दै विदेश अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई सहज वित्तीय पहुँच, बैंकिङ सहयोग र आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले एजुकेसन हब स्थापना गरिएको बताए। उनले आगामी दिनमा देशभरका नबिल बैंक शाखामा पनि यस्ता सेवा विस्तार गरिने जानकारी दिए।

नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले विद्यार्थी तथा अभिभावकका लागि ‘एकद्वार सहयोग केन्द्र’को अवधारणा समयसापेक्ष र स्वागतयोग्य भएको बताए। उनले पारदर्शी र भरपर्दो वित्तीय प्रणालीले विद्यार्थी, परिवार, शैक्षिक संस्था तथा सेवा प्रदायकबीच विश्वासको वातावरण निर्माण गर्ने धारणा राखे।

बैंकका अनुसार एजुकेसन हबमार्फत शैक्षिक कर्जा, विदेशी मुद्रा विनिमय, बैंकिङ सेवा, वित्तीय परामर्श तथा विदेश अध्ययनसँग सम्बन्धित बैंकिङ प्रक्रियामा विशेष सहजीकरण उपलब्ध गराइनेछ। यसका लागि हबमा विशेषज्ञ टोली परिचालन गरिएको छ।

नबिल बैंकका सञ्चालक अनन्त पौड्यालले शैक्षिक कर्जामा मात्र सीमित नरही विदेश अध्ययनको सम्पूर्ण यात्रामा आवश्यक बैंकिङ सेवा र वित्तीय सहजीकरण प्रदान गर्ने लक्ष्यका साथ एजुकेसन हब स्थापना गरिएको बताए।

बैंकले शैक्षिक कर्जामा अध्ययन अवधिभर मोरेटोरियम सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। यसले विद्यार्थीलाई अध्ययन सकिएपछि मात्र नियमित किस्ता तिर्ने सुविधा दिने भएकाले उनीहरूलाई अध्ययन, अनुसन्धान र सीप विकासमा केन्द्रित हुन सहज हुने बैंकको विश्वास छ।

नबिल बैंकले देशभरका शाखामार्फत विगतदेखि नै हजारौं विद्यार्थीलाई शैक्षिक कर्जा तथा बैंकिङ सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै नयाँ एजुकेसन हबले शिक्षा क्षेत्रमा बैंकलाई विश्वसनीय वित्तीय तथा ज्ञान साझेदारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति : २०८३, २० श्रावण बिहीबार  ८ : ४८ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका